एपीएफ टोलीद्वारा विभिन्न किसिमका अवैध सामाग्री बरामद

04th October, 2018
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउपालिका ८ बाट असोज १७ गते एपीएफ टोलीले करीव ११ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका सामाग्री बरामद गरेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ५०४ नम्बरको गाडीमा नक्कली विल बनाई लैजादै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको विभिन्न किसिमका मदिरा तथा पेय पदार्थ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरादम सामान तथा गाडी समेत आवश्यक कारवाहीको लागि राजश्व कार्यालय इटहरीमा बुझाएको छ । यसैगरी सोही बोर्डर आउट पोष्टबाट खटिएको एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाउपालिका ८ स्थित कोशी व्यारेज इलाकाबाट असोज १७ गते करीव एक लाख ७९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । गस्तीमा खटिएको एपीएफ टोलीले सोही ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लत्ताकपडा बरामद गरेको हो । यसैगरी रुपन्देही जिल्लाको सांस्कृतीक नगरपालिका ५ स्थित तेनहवाबाट असोज १८ गते एपीएफ टोलीले करीव ५ हजार छ सय वटा बोइलर कुखुराको चल्ला बरामद गरेको छ । त्यसवेला भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त चल्लासहित चल्ला ल्याउन प्रयोग गरिएको ५ वटा साइकलसमेत एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद चल्ला भन्सार कार्यालयका कर्मचारी, पशुक्वारेनटाईनका कर्मचारी, संचारकर्मी र स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरेको छ ।

RECENT NOTICE ...more

2018-12-13 - 2019-01-13
Chief Criminal Analyst-Head of Intelligence and Criminal Analysis Section, P-4
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका।
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-12
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदका लागी)
2018-12-10
सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना।
2018-12-09
सशस्त्र प्रहरी निरीक्षक पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-08
प्रासप्रनि (चिकित्सक) पदको अन्तिम नतिजा प्रकाशित
2018-12-08
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पद तर्फका मुख्य उम्मेदवारहरुलाई नियुक्तिका लागी सिफारिस
2018-12-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. १ (सुर्खेत नंं.६ बाहिनी)
2018-12-07
सशस्त्र प्रहरी परिचर(विभिन्न ट्रेड)पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको मिति/समय तालिका।
2018-12-04
राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं.०२/०७५-०७६
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम