एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण

09th September, 2018
काठमाडौं, काठमाडौं महानगरपालिका ९ सिनामंगल गैरीगाउँ स्थित बागमती नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा भाद्र २४ गते दिउँसो करीव १ बजे भएको आगलागी एपीएफ टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा (विपद् उद्धार) काठमाडौं नम्बर २० गणबाट सशस्त्र प्रहरी उपरीक्षक राघवसिंह थापाको कमाण्डमा ९० जनाको विपद् उद्धार टोली खटिई गई आगलागी नियन्त्रणमा जुटेको थियो । एपीएफ टोलीले जुद्ध बारुण यन्त्रको कार्यालयबाट गएको एउटा दमकलको सहयोगमा सो आगलागी तत्कालै नियन्त्रणमा ल्याएपछि अन्य बाँकी टहराहरुमा आगो फैलन नपाई थप क्षति हुनबाट जोगिएको छ । सोही ठाउँमा रहेको एउटा टिनले छाएको टहरामा बालीराखेको दियोबत्तीबाट सल्किएको आगोले सो टहरामा आगलागी भएको बताइएको छ । त्यसपछि उक्त टहरासँगै रहेको अर्को एक टिनले छाएको टहरा समेत जलेर पूर्ण रुपमा क्षति भएको बताईएको छ । उक्त आगलागीबाट करीब एक लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-09-17
लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान (सप्रबल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय)
2018-09-16
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पदको अन्तिम मिति र सम्पर्क मिति सम्बन्धमा
2018-09-16
(नेपाल एपिएफ स्कुल) प्रधानाचार्य पदको अन्तिम नतिजा प्रकाशन गरीएको सम्बन्धमा
2018-09-11
सिलबन्दी बोलपत्र आह्वानको सूचना (आर्मोरर, मर्मत, श्रव्य दृश्य, संचार र सवारी सम्बन्धी)
2018-09-07
नयाँ भर्ना सम्बन्धी सूचना (सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर)
2018-09-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना
2018-09-06
स्थायी आई.डि.नं. कायम गरिएको सम्बन्धमा
2018-09-06
चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम।
2018-09-05
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (बि.डि.यस) पदको अन्तिम नतिजा प्रकाशन
2018-09-05
प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (विभिन्न ट्रेड) पदको अन्तिम नतिजा प्रकाशन
2018-08-31 - 2018-09-30
Human Resources Officer (P3)
2018-08-31 - 2018-09-30
Transport Officer (P3)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम