एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडासहित पक्राउ

07th September, 2018
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका १ बेलहियाबाट भाद्र २२ गते एपीएफ टोलीले करीब ५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मर्यादापुर ३ बस्ने ३८ वर्षिय महम्मद अली छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा ३८ नम्बर गुल्म सुनौलीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट अवैध रुपले भन्सार छली लु. १ ज १३३८ नम्बरको ट्याक्सीमा उल्लेखित लत्ताकपडा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त ट्याक्सीका चालक निज अलीलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त लत्ताकपडासँगै सो ट्याक्सी समेत बरामद गरेको छ । पक्राउ परेका निज अलीलाई बरामद लत्ताकपडा तथा ट्याक्सीसहितै आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

RECENT NOTICE ...more

2018-11-16
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस सूचना।
2018-11-13
नयाँ नियूक्ति भएका सशस्त्र प्रहरी जवान तथा सशस्त्र प्रहरी परिचरहरुको पदस्थापन।
2018-11-11 - 2018-11-30
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. ३ (नेपाल ए.पी.एफ. अस्पताल)
2018-11-06
सशस्त्र प्रहरी जवान पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं १ बाहिनी, सुनसरी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं २ बाहिनी, महोत्तरी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं ४ बाहिनी, कास्की)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं ७ बाहिनी, कैलाली)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (तालिम शिक्षालय बर्दाघाट, नवलपरासी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (तालिम शिक्षालय, नौवस्ता, बाँके)
2018-11-06
सप्रनामनि तथा सप्रबउ ज्यूहरुको सरुवा तथा पदस्थापन
2018-09-07 - 2018-11-20
सशस्त्र प्रहरी जवान पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम।
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम