सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक साधारणसभा सम्पन्न

07th August, 2018
काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघको १७औं वार्षिक साधारणसभा साउन २२ गते विविध विषयमा विस्तृत छलफलका साथ सम्पन्न भएको छ । सो संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संघको वार्षिक आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो । त्यसअवसरमा संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत सो संघका पदाधिकारीहरु एवं अन्य साधारण सदस्यहरु बीच विगतमा भएगरेका कामकारवाहीको जानकारी र आगामी दिनमा हुने कार्यक्रमबारे अन्तरक्रिया समेत भएको थियो । उक्त साधारणसभामा संघकी अध्यक्ष श्रीमती खनालले सो संघका नविनियुक्त पदाधिकारीहरुलाई हार्दिक बधाई दिनुहुँदै कार्यसफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा लामो समयदेखि संघको कार्य समितिमा रहि आफ्नो अमूल्य योगदान दिनुभएका पदाधिकारीहरुलाई संघकी अध्यक्ष श्रीमती खनालले उहाँहरुको योगदानको कदर स्वरुप फूलमाला तथा दोसल्ला ओधाई सम्मान गर्नुकासाथै मायाको चिनो प्रदान गर्नुभयो । साधारणसभामा संघकी सदस्य सचिव श्रीमती सरस्वती पाण्डेले संघको लक्षित उदेश्य र समाजसेवामा भइरहेका उपलब्धि लगाएत विविध विषयमा प्रतिबेदन प्रस्तुत गर्नुभई सो विषयमा बिस्तृत छलफल समेत भएको थियो। सोही अवसरमा संघकी कोषाध्यक्ष श्रीमती सुनिता श्रेष्ठले आर्थिक बर्ष २०७४/७५ को आय ब्यय विवरण प्रस्तुत गर्नु भएको थियो। संघको १७ सदस्यीय कार्यकारणी समितिका पदाधिकारीहरुमा सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको धर्मपत्नी रहन्छन् । सो संघले शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरुमा योगदान पुर्‌याउनुकासाथै सेवामूलक एवं जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्नेदेखि विपद प्रकोपमा पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क आवाशीय सुविधासहितको अध्ययनको व्यवस्थासम्मका प्रशंसनीय कार्यहरु गर्दै आईरहेको छ । सो संघले समाजसेवाको क्षेत्रमा रचनात्मक कार्य तथा सेवामुखी एवं जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिने लगायत वीरगति प्राप्त तथा वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुका सन्नतीलाई छात्रवृत्ति प्रदान गर्ने, उनीहरुका परिवारलाई सीपमूलक तालिम संचालन गर्ने लगायतका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा सो अवसरमा जानकारी गराइएको थियो ।

RECENT NOTICE ...more

2018-12-13 - 2019-01-13
Chief Criminal Analyst-Head of Intelligence and Criminal Analysis Section, P-4
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका।
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-12
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदका लागी)
2018-12-10
सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना।
2018-12-09
सशस्त्र प्रहरी निरीक्षक पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-08
प्रासप्रनि (चिकित्सक) पदको अन्तिम नतिजा प्रकाशित
2018-12-08
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पद तर्फका मुख्य उम्मेदवारहरुलाई नियुक्तिका लागी सिफारिस
2018-12-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. १ (सुर्खेत नंं.६ बाहिनी)
2018-12-07
सशस्त्र प्रहरी परिचर(विभिन्न ट्रेड)पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको मिति/समय तालिका।
2018-12-04
राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं.०२/०७५-०७६
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम