एपीएफ टोलीद्वारा अवैध सामान बरामद

06th August, 2018
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा पर्सा नं. १४ गुल्मबाट खटिएको एपीएफ टोलीले पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका २४ स्थित रामगढवाबाट साउन २० गते करीव २ लाख २९ हजार रुपैयाँ बराबरको मोटर पार्टस बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटर पार्टस सो गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक बहादुर खड्काको कमाण्डमा खटिएको एपीएफ टालीले बरामद गरेको हो । बरामद मोटर पार्टस एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगञ्जमा बुझाएको छ । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २० बाट साउन २१ गते एपीएफ टोलीले करीव १ लाख ४ हजार रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ भित्र्याउँदै गरेको उल्लेखित मूल्य बराबरको स्टिलको भाडा तथा लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

RECENT NOTICE ...more

2018-10-14
सप्रज र सप्रप पदको बैकल्पिक उम्मेदवारहरुको नियुक्ति सम्बन्धमा
2018-10-14
(स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र) राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. ०१/०७५-०७६
2018-10-12
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/R/06/2075/076
2018-10-12
बढुवा समितिले अंङ्क दिने प्रयोगजनका लागि नेतृत्व क्षमता तथा मूल्याङ्कन फाराम
2018-10-11
स.प्र.स.ह. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
स.प्र.ह. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
प्रा.स.प्र.ना.नि. पदमा बढुवाका लागी सूचना। (प्राविधिक समुह, स्वास्थ्य तर्फ)
2018-10-11
स.प्र.ना.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
स.प्र.ब.ना.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/05/2075/076
2018-10-05 - 2018-10-27
Invitation for Bids
2018-09-07 - 2018-11-20
सशस्त्र प्रहरी जवान पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम।
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम