सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट हुल तथा दंगा व्यवस्थापन तालिम उद्घाटन

06th January, 2019
काठमाडौं, सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेको सि.सं. २६८ हुल तथा दंगा व्यवस्थापन तालिम आजदेखि सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही शिक्षालयमा आयोजित एक कार्यक्रमका वीच उक्त तालिमको उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै तालिमलाई अवसरको रुपमा उपयोग गर्दै प्रशिक्षणको दौरानमा बढीभन्दा बढी ज्ञान आर्जन गर्न प्रशिक्षार्थीहरु तल्लीन रहनुपर्ने बताउनुभयो । तालिमबाट आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा बढीभन्दा बढी उपयोग गर्दै मानव अधिकारको पूर्णरुपमा रक्षा गर्दै संगठनको नीति बमोजिम उत्कृष्ट कार्यसम्पादनमा सकृय रहनुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपतविपद्मा उद्धार कार्यका लागि सधैं कटिवद्ध रहनुपर्ने बताउनुभयो । उहाँले तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा गएपछि आफू मातहतका अधिकृत तथा जवानहरुलाई समेत सिकाउँदै कार्यक्षेत्रमा सधैं नागरिकले महसुस गर्ने गरी उत्कृष्ट कार्य गर्नुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । प्राप्त जिम्मेवारीलाई व्यावसायीक कुशलतापूर्वक पूरा गर्न कटिवद्ध रहनुपर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले दायित्व निर्वाहको क्रममा जिम्मेवारीबोधका साथ पेशागत कामकारवाहीलाई जनचाहना अनुरुपको कार्यशैली अपनाई पूरागर्न निर्देशन दिनुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले धन्यवाद ज्ञापनको क्रममा सिमित श्रोतसाधनको बावजुद संगठनले समयानुकुल प्रशिक्षण संचालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै कार्यक्षेत्रमा परिचालन गर्दै आएको बताउनुभयो । उक्त तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र बस्नेतले सो समारोहमा तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ११ जना तथा सशस्त्र प्रहरी निरीक्षक ३६ जना गरी कूल ४७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

RECENT NOTICE ...more

2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति/समय तालिका।
2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2019-01-17
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रबन्ध महाशाखा )
2019-01-15
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (प्रा.सप्रबउ पदमा बढुवा सिफारिस)
2019-01-15
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन
2019-01-10
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे । ( काठमाण्डौ नं २५ गुल्म )
2019-01-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2075/076
2019-01-08
प्रा.स.प्र.स.ह. पदमा बढुवा सिफारिस सूचना प्रकाशित। (संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2019-01-08
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित।
2019-01-08
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा।
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4