सशस्त्र प्रहरी महानिरीक्षकद्वारा दुई वटा सवारी साधन मात्रै प्रयोग

30th December, 2018
काठमाडौ, विभिन्न संचार माध्यममा सशस्त्र प्रहरी महानिरीक्षकले आठ वटा सवारी साधन प्रयोग गरेको भनी प्रकाशित भएको समाचार प्रति सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । सशस्त्र प्रहरी महानिरीक्षकले कामको सिलसिलामा दुई वटा मात्रै सवारी साधन नियमित रुपमा प्रयोग गर्ने गरेको सम्मानित संचार माध्यमलाई जानकारी गराउन चाहन्छु । सशस्त्र प्रहरी बल नेपालसँग रहेका सवारी साधनहरु विभिन्न सुरक्षा प्रयोजनमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय एवं सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरु तथा सशस्त्र प्रहरी कर्मचारीहरुले प्रयोग गर्ने गरेको जानकारी गराउँदछु । समाचारमा प्रकाशित सवारी साधनहरु मध्ये एउटा सवारी साधन सुरक्षा प्रयोजनको सिलसिलामा प्रयोग भईरहेको सवारी साधन हो भने अन्य पाँच वटा सवारी साधनहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सवारी शाखा मातहत रहेको तथा ती सवारी साधनहरु आवश्यकता अनुसार सरकारी कामको सिलसिलामा प्रयोग हुने गरेको ब्यहोरा समेत जानकारीको लागि अनुरोध गर्दछु । सुरज कुमार श्रेष्ठ, सशस्त्र प्रहरी नायब महानिरीक्षक, प्रवक्ता

RECENT NOTICE ...more

2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति/समय तालिका।
2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2019-01-17
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रबन्ध महाशाखा )
2019-01-15
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (प्रा.सप्रबउ पदमा बढुवा सिफारिस)
2019-01-15
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन
2019-01-10
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे । ( काठमाण्डौ नं २५ गुल्म )
2019-01-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2075/076
2019-01-08
प्रा.स.प्र.स.ह. पदमा बढुवा सिफारिस सूचना प्रकाशित। (संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2019-01-08
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित।
2019-01-08
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा।
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4