Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिममा लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउकाठमाडौं, विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ५ स्थित मज्नुचौरा ईलाकाबाट असोज ७ गते दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १६ लालपाती बस्ने १९ वर्षिय ईश्लाम चुरियार र २० वर्षिय आलमविर चुरियार छन् । लु ४ प ११३४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बुचीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारगन ३ सय ५ वटा, डाईजोपाम २ सय ८१ वटा र नोफिन ३ सय १६ वटा फेला पारको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश अर्नाहाबाट खटिएको सशस्त्र प्रहरीले १ सय १ बोतल डाईलेक्स नामक लागुऔषधसहित सर्लाही जिल्लाको बलरा नगरपालिका ५ अर्नाहास्थित सीमा ईलाकाबाट सोही नगरपालिका १० बस्ने ४० वर्षिय मल्कित रायलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज रायलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । पक्राउ परेका रायलाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
विभिन्न किसिममा लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ
काठमाडौं, विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ५ स्थित मज्नुचौरा ईलाकाबाट असोज ७ गते दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १६ लालपाती बस्ने १९ वर्षिय ईश्लाम चुरियार र २० वर्षिय आलमविर चुरियार छन् । लु ४ प ११३४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बुचीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारगन ३ सय ५ वटा, डाईजोपाम २ सय ८१ वटा र नोफिन ३ सय १६ वटा फेला पारको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश अर्नाहाबाट खटिएको सशस्त्र प्रहरीले १ सय १ बोतल डाईलेक्स नामक लागुऔषधसहित सर्लाही जिल्लाको बलरा नगरपालिका ५ अर्नाहास्थित सीमा ईलाकाबाट सोही नगरपालिका १० बस्ने ४० वर्षिय मल्कित रायलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज रायलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । पक्राउ परेका रायलाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।