Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्वारकाठमाडौं, हालै परेको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीले उद्वार गरेको छ । दाङ्ग जिल्लाको लमही नगरपालिका ७ हसनापुरस्थित राप्ती नदिको दोभानमा अलपत्र परेका ४ जनाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्वार गरेको छ । गोठाला गएका उनीहरु सो नदिको बीच भागमा अलपत्र परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण दाङ्गबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सकुशल उद्वार गरेको हो । यसैगरी म्याग्दी जिल्लाको बेनी नगरपालिका ९ स्थित काउले गौडामा अविरल वर्षाको कारण जोखिममा परेका ४ वटा घरहरुबाट विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सो ठाउँ बस्ने लाल पुरी, प्रकाश बस्नेत, नारायण बस्नेत र बेल बहादुर बस्नेतको घर जोखिम अवस्थामा रहेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दीबाट खटिएको सशस्त्र प्रहरी सो उद्वार कार्यमा खटिएको हो । यसैगरी चितवन जिल्लाको भरतपुर महानगरपालिका २६ स्थित सिसाईमा अविरल वर्षाको कारण डुवानमा परेका तीनवटा घरहरुबाट विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट खटिएको सशस्त्र प्रहरी उक्त उद्वार कार्यमा सकृयताकासाथ जुटेको हो ।
/uploads/news/no-image-new.jpg
अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्वार
काठमाडौं, हालै परेको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीले उद्वार गरेको छ । दाङ्ग जिल्लाको लमही नगरपालिका ७ हसनापुरस्थित राप्ती नदिको दोभानमा अलपत्र परेका ४ जनाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्वार गरेको छ । गोठाला गएका उनीहरु सो नदिको बीच भागमा अलपत्र परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण दाङ्गबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सकुशल उद्वार गरेको हो । यसैगरी म्याग्दी जिल्लाको बेनी नगरपालिका ९ स्थित काउले गौडामा अविरल वर्षाको कारण जोखिममा परेका ४ वटा घरहरुबाट विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सो ठाउँ बस्ने लाल पुरी, प्रकाश बस्नेत, नारायण बस्नेत र बेल बहादुर बस्नेतको घर जोखिम अवस्थामा रहेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दीबाट खटिएको सशस्त्र प्रहरी सो उद्वार कार्यमा खटिएको हो । यसैगरी चितवन जिल्लाको भरतपुर महानगरपालिका २६ स्थित सिसाईमा अविरल वर्षाको कारण डुवानमा परेका तीनवटा घरहरुबाट विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट खटिएको सशस्त्र प्रहरी उक्त उद्वार कार्यमा सकृयताकासाथ जुटेको हो ।