सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद |
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका २४ स्थित सीमा ईलाकाबाट बैशाख ६ गते एपीएफ टोलीले करीव १३ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामान बरामद गरेको छ । बीआर २२ जीए ५०२१ नम्बरको भारतीय ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको उक्त ट्याक्टर समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा ट्याक्टर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । |