Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आगलागी नियन्त्रणमा एपीएफ टोली सकृयकाठमाडौं, मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिका ६ मलंगवास्थित लक्ष्मी कठायतको गाई फर्ममा चैत्र २२ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो फर्ममा थ्रेसर मेसिन चलाउने क्रममा मेसिनबाट आगोको झिल्का निस्किएर सो आगलागी भएको र उक्त आगलागीबाट करीव १० लाख रुपैयाँ बराबरको धनमाला क्षति भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोली सो आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । यसैगरी सोही जिल्लाकै धनपालथान गाउँपालिका ३ बक्कुवा डाँडा बस्ने कन्तलाल मण्डल र राजदेव मण्डलको एक तल्ले कच्ची घरमा चैत्र २३ गते आगलागी हुँदा करीव ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सोरभागबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।
/uploads/news/no-image-new.jpg
आगलागी नियन्त्रणमा एपीएफ टोली सकृय
काठमाडौं, मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिका ६ मलंगवास्थित लक्ष्मी कठायतको गाई फर्ममा चैत्र २२ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो फर्ममा थ्रेसर मेसिन चलाउने क्रममा मेसिनबाट आगोको झिल्का निस्किएर सो आगलागी भएको र उक्त आगलागीबाट करीव १० लाख रुपैयाँ बराबरको धनमाला क्षति भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोली सो आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । यसैगरी सोही जिल्लाकै धनपालथान गाउँपालिका ३ बक्कुवा डाँडा बस्ने कन्तलाल मण्डल र राजदेव मण्डलको एक तल्ले कच्ची घरमा चैत्र २३ गते आगलागी हुँदा करीव ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सोरभागबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।