सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
बेपत्ता भएका सात जना बालिका र किशोरीको उद्वार |
महोत्तरी, महोत्तरी जिल्लाको भंगाहा नगरपालिका ८ धरमपुरमा घाँस काट्न गएकोमा सोही ठाउँबाट बेपत्ता भएका बालिका र किशोरी गरी सात जनाको एपीएफ टोलीले चैत्र १८ गते राती उद्वार गरेको छ । मंगलबार घाँस काट्न गएका उनीहरु घर नआएपछि आफन्तले खोजतलास गर्दा समेत फेला नपरेको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमाण्डमा नेपाल प्रहरी र उनीहरुका आफन्तसहितको टोलीले भारतमा समन्वय गरी बुधबार राती उनीहरुलाई सकुशल नेपाल ल्याईएको हो । उद्वार गरीएकामा सोही ठाउँ बस्ने १० वर्षिया सीमाकुमारी पासवान, १२ वर्षिया अर्पना पासवान, १३ वर्षिया ज्योती पासवान, १४ वर्षिया रञ्जना पासवान, १५ वर्षिया रिया पासवान, १८ वर्षिय अस्मिता पासवान र १८ वर्षिय नभिना पासवानलाई एपीएफ टोलीले आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी बझुाएको छ । |