Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

स्व.कृष्णमोहन श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं, सशस्त्र प्रहरी बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठको स्मृतिमा माघ १२ गते सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा ललितपुर नम्बर २१ गण खुमलटारमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिएको छ । कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्वर्गिय श्रेष्ठ दम्पतीको शालिकमा रिथ चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसअवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सशस्त्र प्रहरी सहायक निरीक्षक थमनसिंह राई र प्रहरी सहायक निरीक्षक विनिता थापालाई ‘कृष्णमोहन–नुडुप कार्यदक्षता पुरस्कार’ प्रदान गर्नुभयो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्द सुवेदीलाई ‘सूर्य रेग्मी उत्कृष्ट अंगरक्षक पुरस्कार’ तथा महेन्द्र भृकुटी माध्यमिक विद्यालय बागडोलमा कक्षा ८ मा अध्ययनरत दुई जना जेहेन्दार विद्यार्थीहरुलाई ‘कृष्णमोहन–नुडुप छात्रवृत्ति’ प्रदान गर्नुभयो । त्यसैअवसरमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका अवकास प्राप्त महानिरीक्षकहरुले स्व. श्रेष्ठ दम्पतीको शालिकमा पुष्प गुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले स्व.कृष्णमोहन श्रेष्ठलाई एक कर्तव्य परायण र असल व्यक्तित्व भएको स्मरण गर्नुहुँदै उहाँको शालिन व्यवहार, आफु मातहातका कर्मचारीलाई गर्ने व्यवहार र गुनासो व्यवस्थापन गर्ने शैली अनुकरणीय रहेको बताउनुभयो । उहाँले स्वर्गीय श्रेष्ठले संकटको घडीमा समेत प्रदर्शन गरेको संयम र धैर्यता तथा नागरिकप्रतिको सम्मानभाव अनुकरणीय रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक खनालले स्व. श्रेष्ठले देश र नागरिकको सुरक्षालाई केन्द्रबिन्दुमा राख्दै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको वीचमा स्थापित गर्नुभएको समन्वय र निकटता उदाहरणीय रहेको चर्चा गर्नुहुँदै स्वर्गिय श्रेष्ठ खेलकुदमा समेत उत्तिकै रुचि राख्ने उदाहरणीय व्यक्तित्व रहेको स्मरण गर्नुभयो । सो प्रतिष्ठानका सदस्य सचिव निर्मला श्रेष्ठले स्वागत मन्तव्यको क्रममा सो प्रतिष्ठानलाई सहयोग तथा शुभेक्षा प्रकट गर्नुहुने सम्बद्ध संघसंस्था तथा महानुभावहरुप्रति आभार प्रकट गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष गोविन्ददास श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त श्रद्धाञ्जली सभा कार्यक्रममा उहाँले उपस्थित सवै महानुभावहरुप्रति आभार प्रकट गर्नुभयो । सो कार्यक्रममा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत लगाएत विभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो । वि.सं. २०५९ साल माघ १२ गते सशस्त्र प्रहरी बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ तथा उहाँकी धर्मपत्नी सशस्त्र प्रहरी परिवार महिला संघकी संस्थापक अध्यक्ष स्व.नुडुप श्रेष्ठ र अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक स्व.सूर्यप्रसाद रेग्मीले ललितपुर जिल्लाको बागडोलमा वीरगती प्राप्त गर्नुभएको थियो । वि.सं. २००३ साल फागुन ३ गते संखुवासभा जिल्लाको चैनपुर बजारमा जन्मिनु भएका स्व.कृष्णमोहन श्रेष्ठ २०५७ साल माघ १९ गते सशस्त्र प्रहरी बलको संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक हुनुभएको थियो । उहाँले वि.सं. २०२७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको थियो ।

/uploads/news/image.jpg