Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ पूर्वी भन्सार सीमा ईलाकाबाट फागुन २४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा को ११ प ८१८४ नम्बरको मोटरसाईकलमा सवार सोही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ बस्ने २१ वर्षिय जयनारायण उराउ तथा सोही जिल्लाकै बराहक्षेत्र नगरपालिका १० बस्ने ३६ वर्षिय गणेश यादव र साईकलमा सवार सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ बस्ने २२ वर्षिय सन्तोष मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो प्रोक्सिभन क्याप्सुल २ सय १६ वटा, नाईट्रोजन ट्याब्लेट १७ वटा र डाईलेक्स डिसी ५ बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल तथा साईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकल र साईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका लौकहीमा बुझाईएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ गैरीगाउँ स्थित सीमा ईलाकाबाट फागुन २४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको बिर्तामोड नगरपालिका ४ बस्ने ३० वर्षिय दिलिपकुमार माझीलाइ पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश फोहोरमैलाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा लुपिजेसिक ५ वटा, फेनारगन ५ वटा र डाईजिपाम ५ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज माझीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईप्रका काँकडभिट्टामा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ पूर्वी भन्सार सीमा ईलाकाबाट फागुन २४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा को ११ प ८१८४ नम्बरको मोटरसाईकलमा सवार सोही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ बस्ने २१ वर्षिय जयनारायण उराउ तथा सोही जिल्लाकै बराहक्षेत्र नगरपालिका १० बस्ने ३६ वर्षिय गणेश यादव र साईकलमा सवार सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ बस्ने २२ वर्षिय सन्तोष मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो प्रोक्सिभन क्याप्सुल २ सय १६ वटा, नाईट्रोजन ट्याब्लेट १७ वटा र डाईलेक्स डिसी ५ बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल तथा साईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकल र साईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका लौकहीमा बुझाईएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ गैरीगाउँ स्थित सीमा ईलाकाबाट फागुन २४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको बिर्तामोड नगरपालिका ४ बस्ने ३० वर्षिय दिलिपकुमार माझीलाइ पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश फोहोरमैलाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा लुपिजेसिक ५ वटा, फेनारगन ५ वटा र डाईजिपाम ५ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज माझीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईप्रका काँकडभिट्टामा बुझाइएको छ ।