सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ |
झापा, झापा जिल्लाको झापा गाउँपालिका ४ बेलायतीबारी स्थित सीमा ईलाकाबाट फागुन ४ गते एपीएफ टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ७ बस्ने ४० वर्षिय जेठा सरेण्ड र सोही जिल्लाको कन्काई नगरपालिका ६ बस्ने २३ वर्षिय सुरेश थापा छन् । प्रदेश नम्बर ३–०३–००१ प ३२७९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा १ सय ५ ग्राम ब्राउन सुगर र २० वटा नाईट्राजेपाम ट्याब्लेट फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका कुलमखोडमा बुझाईएको छ । |