Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ स्थित डण्डाकोटहीमाई ईलाकाबाट माघ २० गते एपीएफ टोलीले करीव एक लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको एपीएफ टोलीले माघ १९ गते करीव एक लाख २७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा कस्मेटिक सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ स्थित डण्डाकोटहीमाई ईलाकाबाट माघ २० गते एपीएफ टोलीले करीव एक लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको एपीएफ टोलीले माघ १९ गते करीव एक लाख २७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना तथा कस्मेटिक सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।