Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ –

काठमाडौं,    
    मोरङ जिल्लाको रतुवामाई नगरपालिका २ स्थित सीमा ईलाकाबाट पौष ७ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
    फक्राउ पर्नेहरुमा सोही जिल्लाको रतुवामाई नगरपालिका ४ बस्ने २१ वर्षिय धिरज तामाङ्ग र उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षिय काजी राई छन् ।
    प्रदेश नम्बर १–०२–०४० प ४९७३ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोरियाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोज ट्याब्लेट ६० वटा, डाईजोल्याव ४ वटा र फेनारगन ८ वटा फेला परेपछि पक्राउ गरिएको हो ।
    एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । 
    पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिजुवामा बुझाईएको छ ।
    यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित दरैयाँ सीमा ईलाकाबाट पौष ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ८ बस्ने २३ वर्षिय सुमन साह छन् । 
    भारतबाट नेपालतर्फ आउँदै  गरेका निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ४० वटा, डाईलेक्स डिसी ४ बोतल, स्पास्मो प्रोक्सिभन १ पत्ता, होप १ वटा र ५० ग्राम गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।
     त्यसवेला एपीएफ टोलीले उनको साथबाट एउटा मोवाईल सेट समेत बरामद गरेको छ । 
    पक्राउ परेका साहलाई बरामद लागूऔषध तथा मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ । 
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित पटेर्वाबाट पौष ७ गते १५ वटा नाईट्रोभेट ट्याब्लेट तथा ८ वटा स्पास्मो प्राक्सिभनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ८ बस्ने २२ वर्षिय अजयकुमार मण्डल र १८ वर्षिय महोन मण्डल छन् ।
स ५ प ८०१४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका  लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । 
 त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मार्डरमा बुझाईएको छ । 
 
{ /images/misc/no-image.jpg }