सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित तीन जना पक्राउ |
सप्तरी, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ६ कटैया स्थित सीमा ईलाकाबाट मंसीर २३ गते एपीएफ टोलीले १ लाख ६४ हजार २ सय ७० भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ बस्ने ३५ वर्षिय मोहमद नजमुल, भारतको हरियाणा घर बताउने ४७ वर्षिय नरेश कुमार र ३२ वर्षिय कुलदिप छन् । स ९ प १७०२ नम्बरको मोटरसाईकलमा भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पातोबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट ५ हजार ५ सय नेपाली रुपैयाँ तथा उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद रुपैया तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाईएको छ । |