Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा अफिम तथा चरेशसहित पक्राउबर्दिया, बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ बाट कार्तिक ४ गते राति एपीएफ टोलीले करीब १८ के.जी. पाँच सय ग्राम अफिम तथा करीब पाँच के.जी. चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम रुकुम जिल्लाको बाफीकोट गाँउपालिका ८ डुले बस्ने ३८ बर्षिया निर्मला बाँठामगर छिन् । बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कट्टीबाट खटिएको एपीएफ टोलीले निज बाँठामगरलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । एपीएफ टोलीले शंकास्पद अवस्थामा भेटिएकी निजलाई जाँच गर्दा उनले कम्मरमा पेटी बनाई बाँधेको अवस्थामा पाँच के.जी. पाँचसय ग्राम अफिम फेला परेको थियो । त्यसपछि निजबाट खुल्न आएपछि थप दुई वटा झोलामा राखेर परालको कुन्युभित्र लुकाएको अवस्थामा १३ के.जी. अफिम र पाँच के.जी. चरेश फेला परेको थियो । उक्त लागूऔषध ओसार पसारमा संलग्न रहेका अन्य दुई जना व्यक्ति एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै भागी फरार भएका थिए । पक्राउ परेकी निज बाँठामगरलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय गुलरियामा बुझाइएको छ ।
/uploads/news/o6p4zajnaMqIiSUfRguPKg==.jpg
एपीएफ टोलीद्वारा अफिम तथा चरेशसहित पक्राउ
बर्दिया, बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ बाट कार्तिक ४ गते राति एपीएफ टोलीले करीब १८ के.जी. पाँच सय ग्राम अफिम तथा करीब पाँच के.जी. चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम रुकुम जिल्लाको बाफीकोट गाँउपालिका ८ डुले बस्ने ३८ बर्षिया निर्मला बाँठामगर छिन् । बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कट्टीबाट खटिएको एपीएफ टोलीले निज बाँठामगरलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । एपीएफ टोलीले शंकास्पद अवस्थामा भेटिएकी निजलाई जाँच गर्दा उनले कम्मरमा पेटी बनाई बाँधेको अवस्थामा पाँच के.जी. पाँचसय ग्राम अफिम फेला परेको थियो । त्यसपछि निजबाट खुल्न आएपछि थप दुई वटा झोलामा राखेर परालको कुन्युभित्र लुकाएको अवस्थामा १३ के.जी. अफिम र पाँच के.जी. चरेश फेला परेको थियो । उक्त लागूऔषध ओसार पसारमा संलग्न रहेका अन्य दुई जना व्यक्ति एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै भागी फरार भएका थिए । पक्राउ परेकी निज बाँठामगरलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय गुलरियामा बुझाइएको छ ।