Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सुनसहित पक्राउधनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ७ स्थित भमरपुरा चोकबाट कार्तिक २ गते एपीएफ टोलीले करीव १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बलुवा नगरपालिका ७ बस्ने ३४ वर्षिय रामचन्द्र साह छन् । बा १० च ३५६८ नम्बरको भ्यानमा सवार निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा गाडीको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको २ सय ग्राम सुन फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त भ्यान समेत बरामद गरेको छ । पक्राउ परेका साहलाई बरामद सुन तथा भ्यानसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । बरामद भ्यानको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सुनसहित पक्राउ
धनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ७ स्थित भमरपुरा चोकबाट कार्तिक २ गते एपीएफ टोलीले करीव १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बलुवा नगरपालिका ७ बस्ने ३४ वर्षिय रामचन्द्र साह छन् । बा १० च ३५६८ नम्बरको भ्यानमा सवार निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा गाडीको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको २ सय ग्राम सुन फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त भ्यान समेत बरामद गरेको छ । पक्राउ परेका साहलाई बरामद सुन तथा भ्यानसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । बरामद भ्यानको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।