Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Raju AryalDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Raju Aryal
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

डुवेर वेपत्ता भएकाको शव फेला काठमाडौं, धनुषा जिल्लाको शहिदनगर नगरपालिका ८ नाथपट्टीचोकस्थित नहरमा डुवेर बेपत्ता भएका सोही ठाउँ बस्ने मिथिलेशकुमार मण्डलको शब साउन ८ गते एपीएफ टोली र स्थानीय प्रहरीले फेला परेको छ । माछा मार्न भनेर अघिल्लो दिन घरबाट हिडेका उनी बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुवरकोटबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले सो ठाउँको नहरमा करीव ६० मिटर तल उनको शव फेला पारेको हो । यसैगरी झापा जिल्लाको दमक नगरपालिका २ स्थित कमल पोखरीमा डुवेका तीन जनाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ । उनीहरु यही साउन ७ गते पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि खोजी कार्य गर्दा उनीहरुको शव भेटिएको हो । सोही नगरपालिका २ गौरिशंकर बस्ने १० बर्षिय अंकुश तामाङ, १४ बर्षिय करण थामी र १२ बर्षिय अर्जुन थामी सो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट तत्कालै एपीएफ टोली खटिएको थियो । उनीहरु मध्ये अंकुश तामाङको शब सोही दिन फेला पारिएको थियो भने अन्य दुई जनाको शब साउन ८ गते फेला पारिएको हो । यसैगरी सर्लाही जिल्लाको धनकौल गाँउपालिका १ सेखौनास्थित लच्कातर्ने क्रममा बगेर बेपत्ता भएका सोही ठाउँ बस्ने ४५ बर्षिय बिजेन्द्र झाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ । निज झा साउन ७ गते त्यस ठाउँमा लच्का तर्ने क्रममा बगेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बलराउधोरणबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले खोजी गर्ने क्रममा उनको शव सो ठाउँ भन्दा करीब तीन सय मिटर टाढा फेला पारेको हो ।
/uploads/news/no-image-new.jpg
डुवेर वेपत्ता भएकाको शव फेला
काठमाडौं, धनुषा जिल्लाको शहिदनगर नगरपालिका ८ नाथपट्टीचोकस्थित नहरमा डुवेर बेपत्ता भएका सोही ठाउँ बस्ने मिथिलेशकुमार मण्डलको शब साउन ८ गते एपीएफ टोली र स्थानीय प्रहरीले फेला परेको छ । माछा मार्न भनेर अघिल्लो दिन घरबाट हिडेका उनी बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुवरकोटबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले सो ठाउँको नहरमा करीव ६० मिटर तल उनको शव फेला पारेको हो । यसैगरी झापा जिल्लाको दमक नगरपालिका २ स्थित कमल पोखरीमा डुवेका तीन जनाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ । उनीहरु यही साउन ७ गते पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि खोजी कार्य गर्दा उनीहरुको शव भेटिएको हो । सोही नगरपालिका २ गौरिशंकर बस्ने १० बर्षिय अंकुश तामाङ, १४ बर्षिय करण थामी र १२ बर्षिय अर्जुन थामी सो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट तत्कालै एपीएफ टोली खटिएको थियो । उनीहरु मध्ये अंकुश तामाङको शब सोही दिन फेला पारिएको थियो भने अन्य दुई जनाको शब साउन ८ गते फेला पारिएको हो । यसैगरी सर्लाही जिल्लाको धनकौल गाँउपालिका १ सेखौनास्थित लच्कातर्ने क्रममा बगेर बेपत्ता भएका सोही ठाउँ बस्ने ४५ बर्षिय बिजेन्द्र झाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ । निज झा साउन ७ गते त्यस ठाउँमा लच्का तर्ने क्रममा बगेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बलराउधोरणबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले खोजी गर्ने क्रममा उनको शव सो ठाउँ भन्दा करीब तीन सय मिटर टाढा फेला पारेको हो ।