Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीको सामान बरामद |
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट दोधाराबाट खटिएको एपीएफ टोलीले असार २६ गते करीव दुई लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । अवैध रुपले चोरीपैठारी गरी ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुर्तीजन्य पदार्थ, औषधी र किराना सामान एपीएफ टोलीले कंचपुर जिल्लाको सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । यसैगरी बाँके जिल्लाको डुडुवा गाउँपालिका ६ भज्जिपुरुवाबाट असार २६ गते एपीएफ टोलीले चोरीपैठारीको सुर्तीजन्य पदार्थ बरामद गरेको छ । भारतीय नम्वरको मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । उक्त सुर्तीजन्य पदार्थ र मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख ५८ हजार एक सय २५ रुपैयाँ रहेको छ । यसैगरी सर्लाही जिल्लाको गोडैता नगरपालिका १२ बाट असार २६ गते एपीएफ टोलीले करीव एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बलरा उधोरणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाएको छ । |