Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

काठमाडौं,
        धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ तरहीबाट जेठ २७ गते एपीएफ टोलीले
बिभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १८ वर्षिय बिपिनकुमार मण्डल, १९
वर्षिय जितेन्द्र मण्डल र २० वर्षिय सबरेजकुमार सेन छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले
उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट एक्जिप्लोन १७ बोतल,
स्पास्मो २ पत्ता र नाईट्रोजन ट्याब्लेट २ पत्ता फेला परेपछि पक्राउ
गरिएको हो ।
त्यसबेला एपीएफ टोलीले उनीहरुको साथबाट दुई वटा मोवाईल सेट समेत बरामद गरेको छ ।
        पक्राउ परेकाहरुलाई बरामद लागुऔषध तथा उक्त मोवाईल सेट सहित आवश्यक
कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
यसैगरी बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ४ बलिरामपुर स्थित सीमा
ईलाकाबाट जेठ २७ गते एपीएफ टोलीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई
पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही जिल्लाको कलैया उपमहानगरपालिका ५ बस्ने २१ वर्षिय
जिवनकुमार सराफ छन् ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट बलिरामपुर बाट खटिएको एपीएफ
टोलीले निज सराफलाई शंका लागि जाँच गर्दा उनको साथबाट नाईट्रानेट ५६ वटा,
नुभिन ४ वटा, डाईजाल्याब ४ वटा, फेनारगन ४ वटा, वानरेक्स ३ बोतल र ६ सय
एमएलको बोतलमा रातो नाम नखुलेको तरल पदार्थ फेला परेपछि पक्राउ गरिएको हो

        पक्राउ परेका निज सराफलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि
स्थानीय प्रहरीमा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }