Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ४ स्थित चट्टी टोलबाट जेठ ५ गते एपीएफ टोलीले चोरीपैठारीको १२ बोरा सुर्ती बरामद गरेको छ । तीन वटा मोटरसाईकलमा राखेर ल्याउदै गरेको उक्त सुर्ती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बर्साईनीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला सुर्ती ल्याउँन प्रयोग भएको उक्त तीन वटै मोटरसाईकल समेत बरामद गरेको छ । बरामद सुर्ती तथा मोटरसाईकल एपीएफ टोलीले भन्सार कार्यालय राजबिराजमा बुझाएको छ । उक्त सुर्ती तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य चार लाख ९८ हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठिप्रसौनीबाट खटिएको एपीएफ टोलीले जेठ ५ गते करीव एक लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । चोरीपैठारीगरी नेपाल ल्याएर लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको ५ सय ४ के.जी. धानको बिउ, २ सय ५० के.जी. युरिया मल र ३ बोरा किटनासक औषधी एपीएफ टोलीले पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका ५ मटरा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ४ स्थित चट्टी टोलबाट जेठ ५ गते एपीएफ टोलीले चोरीपैठारीको १२ बोरा सुर्ती बरामद गरेको छ । तीन वटा मोटरसाईकलमा राखेर ल्याउदै गरेको उक्त सुर्ती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बर्साईनीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला सुर्ती ल्याउँन प्रयोग भएको उक्त तीन वटै मोटरसाईकल समेत बरामद गरेको छ । बरामद सुर्ती तथा मोटरसाईकल एपीएफ टोलीले भन्सार कार्यालय राजबिराजमा बुझाएको छ । उक्त सुर्ती तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य चार लाख ९८ हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठिप्रसौनीबाट खटिएको एपीएफ टोलीले जेठ ५ गते करीव एक लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । चोरीपैठारीगरी नेपाल ल्याएर लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको ५ सय ४ के.जी. धानको बिउ, २ सय ५० के.जी. युरिया मल र ३ बोरा किटनासक औषधी एपीएफ टोलीले पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका ५ मटरा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।