Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट हुल तथा दंगा व्यवस्थापन तालिम उद्घाटन

काठमाडौं,
सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेको सि.सं. २६८ हुल तथा दंगा व्यवस्थापन तालिम आजदेखि सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालन भएको छ । 
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही शिक्षालयमा आयोजित एक कार्यक्रमका वीच उक्त तालिमको उद्घाटन गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै तालिमलाई अवसरको रुपमा उपयोग गर्दै प्रशिक्षणको दौरानमा बढीभन्दा बढी ज्ञान आर्जन गर्न प्रशिक्षार्थीहरु तल्लीन रहनुपर्ने बताउनुभयो । 
तालिमबाट आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा बढीभन्दा बढी उपयोग गर्दै मानव अधिकारको पूर्णरुपमा रक्षा गर्दै संगठनको नीति बमोजिम उत्कृष्ट कार्यसम्पादनमा सकृय रहनुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपतविपद्मा उद्धार कार्यका लागि सधैं कटिवद्ध रहनुपर्ने बताउनुभयो ।
उहाँले तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा गएपछि आफू मातहतका अधिकृत तथा जवानहरुलाई समेत सिकाउँदै कार्यक्षेत्रमा सधैं नागरिकले महसुस गर्ने गरी उत्कृष्ट कार्य गर्नुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । 
प्राप्त जिम्मेवारीलाई व्यावसायीक कुशलतापूर्वक पूरा गर्न कटिवद्ध रहनुपर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले दायित्व निर्वाहको क्रममा जिम्मेवारीबोधका साथ पेशागत कामकारवाहीलाई जनचाहना अनुरुपको कार्यशैली अपनाई पूरागर्न निर्देशन दिनुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । 
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले धन्यवाद ज्ञापनको क्रममा सिमित श्रोतसाधनको बावजुद संगठनले समयानुकुल प्रशिक्षण संचालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै कार्यक्षेत्रमा परिचालन गर्दै आएको बताउनुभयो । 
उक्त तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र बस्नेतले सो समारोहमा तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । 
उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ११ जना तथा सशस्त्र प्रहरी निरीक्षक ३६ जना गरी कूल ४७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

/uploads/news/news5.jpg