Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालबाट स्पेसल टाक्स फोर्स तालिम समापनकाठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नं. १९ गण हेक्वा (बिशेष कार्यदल) बगलामुखी हलचोक काठमाडौंमा संचालन भएको सि.सं. ७ स्पेसल टाक्स फोर्स (एस.टि.एफ.) तालिम समापन भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले उक्त गणमा आयोजित एक समारोहका बीच सो तालिमको चैत्र २६ गते समापन गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै एसटिएफ तालिमको ट्याग प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले त्यसअवसरमा फौजी संगठनमा हरेक किसिमका कामकारवाहीको लागि व्यवासायीक तालिम अपरिहार्य रहने चर्चा गर्नुहुँदै यस्ता बिशेष तालिम प्राप्त दक्ष जनशक्तिले कार्यक्षेत्रमा शान्तिसुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञान तथा सिपलाई सदुपयोग गर्दै कार्यक्षेत्रमा देखा पर्ने चुनौतीपूर्ण परिस्थितिमा समेत उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले विभिन्न उन्नत तालिमहरुमध्ये एसटिएफ तालिम एउटा महत्वपूर्ण र बिशेष किसिमको कार्य गर्न सक्ने दक्ष एवं रणनीतिक कौशलयुक्त राष्ट्रसेवक उत्पादन गर्ने तालिम रहेको चर्चा गर्नुहुँदै यस्ता तालिम प्राप्त जनशक्तिबाट संगठनको कामकारवाहीहरु चुस्त, दुरुस्त एवं प्रभावकारी ढंगले सम्पन्न गर्न सफलता मिल्ने उल्लेख गर्नुुभयो । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक हेमबहादुर श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १६ हप्ता अवधिको एसटिएफ तालिममा सशस्त्र प्रहरी निरीक्षक रोशन जोशी सर्वप्रथम भएका छन् । उक्त तालिममा दुई जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल ९८ जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालबाट स्पेसल टाक्स फोर्स तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नं. १९ गण हेक्वा (बिशेष कार्यदल) बगलामुखी हलचोक काठमाडौंमा संचालन भएको सि.सं. ७ स्पेसल टाक्स फोर्स (एस.टि.एफ.) तालिम समापन भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले उक्त गणमा आयोजित एक समारोहका बीच सो तालिमको चैत्र २६ गते समापन गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै एसटिएफ तालिमको ट्याग प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले त्यसअवसरमा फौजी संगठनमा हरेक किसिमका कामकारवाहीको लागि व्यवासायीक तालिम अपरिहार्य रहने चर्चा गर्नुहुँदै यस्ता बिशेष तालिम प्राप्त दक्ष जनशक्तिले कार्यक्षेत्रमा शान्तिसुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञान तथा सिपलाई सदुपयोग गर्दै कार्यक्षेत्रमा देखा पर्ने चुनौतीपूर्ण परिस्थितिमा समेत उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले विभिन्न उन्नत तालिमहरुमध्ये एसटिएफ तालिम एउटा महत्वपूर्ण र बिशेष किसिमको कार्य गर्न सक्ने दक्ष एवं रणनीतिक कौशलयुक्त राष्ट्रसेवक उत्पादन गर्ने तालिम रहेको चर्चा गर्नुहुँदै यस्ता तालिम प्राप्त जनशक्तिबाट संगठनको कामकारवाहीहरु चुस्त, दुरुस्त एवं प्रभावकारी ढंगले सम्पन्न गर्न सफलता मिल्ने उल्लेख गर्नुुभयो । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक हेमबहादुर श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १६ हप्ता अवधिको एसटिएफ तालिममा सशस्त्र प्रहरी निरीक्षक रोशन जोशी सर्वप्रथम भएका छन् । उक्त तालिममा दुई जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल ९८ जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए ।