Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, रौतहट जिल्लाको माधव नारायण नगरपालिका ६ स्थित माधोपुर सीमा ईलाकाबाट फागुन १९ गते एपीएफ टोलीले करीव दुई लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय रौतहटमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको एपीएफ टोलीले फागुन १८ गते करीव दुई लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना २ ख २९८ नम्बरको यात्रुवाहक बसमा ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० स्थित पितौजी चोकबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ । यसैगरी धनुषा जिल्लाको बिदेह नगरपालिका ९ स्थित खरथानीबाट एपीएफ टोलीले फागुन १९ गते करीव एक लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा जुत्ता सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसेवला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रौतहट जिल्लाको माधव नारायण नगरपालिका ६ स्थित माधोपुर सीमा ईलाकाबाट फागुन १९ गते एपीएफ टोलीले करीव दुई लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय रौतहटमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको एपीएफ टोलीले फागुन १८ गते करीव दुई लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना २ ख २९८ नम्बरको यात्रुवाहक बसमा ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० स्थित पितौजी चोकबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ । यसैगरी धनुषा जिल्लाको बिदेह नगरपालिका ९ स्थित खरथानीबाट एपीएफ टोलीले फागुन १९ गते करीव एक लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा जुत्ता सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसेवला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।