Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नेपाल एपीएफ क्लवको वार्षिक साधारणसभा सम्पन्नकाठमाडौं, नेपाल एपीएफ क्लवको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा भएको सो साधारण सभाको नेपाल एपीएफ क्लव खेदकुद निर्देशक समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले पानसमा द्विप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियोे । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले त्यसअवसरमा नेपाल एपीएफ क्लबमा आवद्ध खेलाडीहरुले क्लवको स्थापनाकाल देखिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागि भई प्राप्त गरेको सफलताले राष्ट्र र संगठनको गौरव बढाएको चर्चा गर्नुहुँदै खेलाडी उत्पादनमा नेपाल एपीएफ क्लवले पु¥याएको योगदानको चर्चा गर्नुभयो । उहाँले खेलाडी राष्ट्रका गहना भएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि संगठनले ध्यान पु¥याईरहेको बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले खेलकुद हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएको तथा खेलकुदले अनुशासित समाजको सृजना गरी समाज एवं समग्र राष्ट्रको प्रगतिमा समेत सहयोग पु¥याउने बताउनुभयो । सो क्लवका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुल्सीराम दाहालले क्लवको आर्थिक वर्ष २०७५÷०७६ को आयव्यय विवरण प्रस्तुत गर्नुहुँदै भावी योजनाबारे चर्चा गर्नुभयो । सशस्त्र प्रहरी उपरीक्षक दाहालले सो क्लवले व्याडमिन्टन, लनटेनिस र महिला भलिबल गरी तीन वटा राष्ट्रिय प्रतियोगिताहरु निरन्तर संचालन गर्दै राष्ट्रको खेलकुदको विकासमा योगदान पु¥याउदै आईरहेको कुरा समेत बताउनुभयो । उक्त साधारण सभाले क्लबका सदस्यहरु सुरज अधिकारी, अमृत खड्का, नारायण प्रसाद पौडेल, बिनाकुमारी तुलाचन र प्रमोद चौधरीलाई आगामी कार्यकालका लागि कार्यकारिणी समितिको सदस्यको रुपमा सर्वसम्मतीले निरन्तरता दिएको छ । नेपाल एपीएफ क्लवका खेलाडीहरु भलिबल, फुटबल, क्रिकेट, एथ्लेटिक्स, व्याडमिन्टन लगायत विभिन्न २४ विधाका खेलहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भई अन्तर्राष्ट्रिय स्तरमा ८९ स्वर्ण, ५६ रजत र ६३ कास्य गरी कुल २ सय ८ अन्तर्राष्ट्रिय पदक र राष्ट्रिय स्तरमा १ हजार ९ स्वर्ण, ८ सय ६९ रजत र ८ सय ७५ कास्य गरी कुल २ हजार ७ सय ५३ पदक प्राप्त गर्न सफल भएको कुरा सो समारोहमा जानकारी गराईएको थियो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापा तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा. कृष्णकुमार तामाङ्ग लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु, नेपाल एपीएफ क्लवका सदस्यहरु एवं सो क्लवका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।
/uploads/news/no-image-new.jpg
नेपाल एपीएफ क्लवको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, नेपाल एपीएफ क्लवको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा भएको सो साधारण सभाको नेपाल एपीएफ क्लव खेदकुद निर्देशक समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले पानसमा द्विप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियोे । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले त्यसअवसरमा नेपाल एपीएफ क्लबमा आवद्ध खेलाडीहरुले क्लवको स्थापनाकाल देखिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागि भई प्राप्त गरेको सफलताले राष्ट्र र संगठनको गौरव बढाएको चर्चा गर्नुहुँदै खेलाडी उत्पादनमा नेपाल एपीएफ क्लवले पु¥याएको योगदानको चर्चा गर्नुभयो । उहाँले खेलाडी राष्ट्रका गहना भएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि संगठनले ध्यान पु¥याईरहेको बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले खेलकुद हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएको तथा खेलकुदले अनुशासित समाजको सृजना गरी समाज एवं समग्र राष्ट्रको प्रगतिमा समेत सहयोग पु¥याउने बताउनुभयो । सो क्लवका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुल्सीराम दाहालले क्लवको आर्थिक वर्ष २०७५÷०७६ को आयव्यय विवरण प्रस्तुत गर्नुहुँदै भावी योजनाबारे चर्चा गर्नुभयो । सशस्त्र प्रहरी उपरीक्षक दाहालले सो क्लवले व्याडमिन्टन, लनटेनिस र महिला भलिबल गरी तीन वटा राष्ट्रिय प्रतियोगिताहरु निरन्तर संचालन गर्दै राष्ट्रको खेलकुदको विकासमा योगदान पु¥याउदै आईरहेको कुरा समेत बताउनुभयो । उक्त साधारण सभाले क्लबका सदस्यहरु सुरज अधिकारी, अमृत खड्का, नारायण प्रसाद पौडेल, बिनाकुमारी तुलाचन र प्रमोद चौधरीलाई आगामी कार्यकालका लागि कार्यकारिणी समितिको सदस्यको रुपमा सर्वसम्मतीले निरन्तरता दिएको छ । नेपाल एपीएफ क्लवका खेलाडीहरु भलिबल, फुटबल, क्रिकेट, एथ्लेटिक्स, व्याडमिन्टन लगायत विभिन्न २४ विधाका खेलहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भई अन्तर्राष्ट्रिय स्तरमा ८९ स्वर्ण, ५६ रजत र ६३ कास्य गरी कुल २ सय ८ अन्तर्राष्ट्रिय पदक र राष्ट्रिय स्तरमा १ हजार ९ स्वर्ण, ८ सय ६९ रजत र ८ सय ७५ कास्य गरी कुल २ हजार ७ सय ५३ पदक प्राप्त गर्न सफल भएको कुरा सो समारोहमा जानकारी गराईएको थियो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापा तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा. कृष्णकुमार तामाङ्ग लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु, नेपाल एपीएफ क्लवका सदस्यहरु एवं सो क्लवका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।