सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
स. प्र. क.हरुका लागि वन र बन्यजन्तु अपराध नियन्त्रण तालिम संचालन |
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा वन र वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि प्रशिक्षक प्रशिक्षण (टिओटि) तालिम संचालन भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले माघ २९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले राष्ट्रको अमुल्य सम्पत्तीको रुपमा रहेको वन्यजन्तु तथा जैविक विविधताको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको चर्चा गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरु राज्यले सुम्पियको जिम्मेवारी निर्वाहमा उच्च मनोवलकासाथ कृयाशिल रहेको कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले वन र वन्यजन्तु अपराध नियन्त्रणका लागि सहयोगि सिद्ध रहने यस्ता तालिमहरु नियमित रुपमा संचालन गरिदा अपेक्षाकृत उपलब्धि हासिल हुन मद्दत पुग्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालले वन्यजन्तुको चोरीसिकासी एवं वन्यजन्तु अपराध नियन्त्रणमा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै कार्यसम्पादन गरिरहेको बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान र सिप आफू मातहतकालाई समेत सिकाउँदै कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक एवं केन्द्रिय वन्यजन्तु अपराध नियन्त्रण ईकाइका संयोजक गोपालप्रकाश भट्टराईले तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै जैविक विविधतामा धनी रहेको हाम्रो देश नेपालमा वन्यजन्तु संरक्षणमा रहेको चुनौती सामना गर्नको लागि सम्वद्ध विभिन्न निकायहरुसँग समन्वय गर्दै आफुहरु अगाडी बढिरहेको बताउनुभयो । उहाँले जैविक विविधता र वन्यजन्तुको संरक्षण पर्यावरणीय सन्तुलनका लागि समेत महत्वपूर्ण रहने चर्चा गर्नुहुँदै यसको संरक्षणका लागि सामुहिक प्रयास अपरिहार्य रहने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल र केन्द्रिय वन्यजन्तु अपराध नियन्त्रण ईकाइको आयोजनामा तीन दिनसम्म संचालन हुने उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ५ जना र सशस्त्र प्रहरी निरीक्षकहरु ३० जना गरी कुल ३५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । |