Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित तेलीबारीबाट माघ २९ गते एपीएफ टोलीले करीव तीन लाख ४४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ । भारतीय नम्बरको कारमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ । एपीएफ टोलीले त्यसवेला लत्ताकपडा ल्याउन प्रयोग भएको सो कार समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा उक्त कार भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ । बरामद कारको भन्सार दाखिला मुल्य २० लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा बोर्डर आउट पोष्ट ठाडीझिँझाबाट खटिएको एपीएफ टोलीले करीव तीन लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ज ८ प ६९३५ र ज १० प २६८१ नम्बरको मोटरसाईकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले धनुषा जिल्लाको धनौजी गाउँपालिका १ स्थित लखौरीबाट बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित तेलीबारीबाट माघ २९ गते एपीएफ टोलीले करीव तीन लाख ४४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ । भारतीय नम्बरको कारमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ । एपीएफ टोलीले त्यसवेला लत्ताकपडा ल्याउन प्रयोग भएको सो कार समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा उक्त कार भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ । बरामद कारको भन्सार दाखिला मुल्य २० लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा बोर्डर आउट पोष्ट ठाडीझिँझाबाट खटिएको एपीएफ टोलीले करीव तीन लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ज ८ प ६९३५ र ज १० प २६८१ नम्बरको मोटरसाईकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले धनुषा जिल्लाको धनौजी गाउँपालिका १ स्थित लखौरीबाट बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ ।