Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ८ स्थित जोरसिमलबाट माघ २२ गते एपीएफ टोलीले करीव चार लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिममा औषधी तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सोही जिल्लाकै मेचीनगर नगरपालिका १३ स्थित चारआलीबाट माघ २२ गते एपीएफ टोलीले करीव एक लाख ३९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटिएको एपीएफ टोलीले माघ २२ गते करीव दुई लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीआर ३० सी ३९१८ नम्बरको भारतीय मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको बरहथवा नगरपालिका १० स्थित सितापुरबाट बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ८ स्थित जोरसिमलबाट माघ २२ गते एपीएफ टोलीले करीव चार लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिममा औषधी तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सोही जिल्लाकै मेचीनगर नगरपालिका १३ स्थित चारआलीबाट माघ २२ गते एपीएफ टोलीले करीव एक लाख ३९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटिएको एपीएफ टोलीले माघ २२ गते करीव दुई लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीआर ३० सी ३९१८ नम्बरको भारतीय मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको बरहथवा नगरपालिका १० स्थित सितापुरबाट बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।