सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद |
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ८ जोरसिमलबाट माघ १७ गते एपीएफ टोलीले करीब तीन लाख ७६ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको नक्कली गरगहना, लत्ताकपडा र औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको एपीएफ टोलीले माघ १८ गते करीब एक लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको स्टिलको भाडा तथा विभिन्न किसिमका किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । |