Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित ईशराईलबाट माघ १५ गते एपीएफ टोलीले करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको को ५ प ९७२ र बीआर ५० एच ५८६६ नम्बरको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल सेतुबन्धु भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले माघ १६ गते करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित पूर्व पश्चिम लोकमार्गबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित कुवारामपुरबाट माघ १६ गते एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित ईशराईलबाट माघ १५ गते एपीएफ टोलीले करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको को ५ प ९७२ र बीआर ५० एच ५८६६ नम्बरको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल सेतुबन्धु भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले माघ १६ गते करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित पूर्व पश्चिम लोकमार्गबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित कुवारामपुरबाट माघ १६ गते एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।