सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Shailendra Khanal Inspector General, Armed Police Force, Nepal
Raju Aryal Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा अवैध सामान बरामद |
काठमाडौं, कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका १ पशुपति टोल स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले पौष २८ गते करीव २६ लाख ८८ हजार रुपैयाँ बराबरको लेडिज लत्ताकपडा बरामद गरेको छ । यूके १८ सीए ४८९२ भारतीय नम्बरको बोलेरो गाडीमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट दोधाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त गाडी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य १३ लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले पौष २८ गते करीव दुई लाख ४८ हजार रुपैयाँ बराबरको सुर्ती बरामद गरेको छ । विशेष सुचनाको आधारमा खटिएको एपीएफ टोलीले धनुषा जिल्लाको कमला नगरपालिका ७ स्थित हठमुण्डाबाट परालको कुन्युभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त सुर्ती बरामद गरेको हो । बरामद सुर्ती जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ । |