सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चौपाया बरामद |
सिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका १९ साहेजवास्थित सीमा ईलाकाबाट पौष ४ गते एपीएफ टोलीले करीव एक लाख ५६ हजार रुपैयाँ बराबरको ८ वटा गोरु बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरका गोरु सशस्त्र प्रहरी बल, नेपाल नम्वर ७ गण हेक्वा सिरहाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । सो गोरु लैजाने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै भागी फरार भएका थिए । एपीएफ टोलीले बरामद गोरु सिरहा भन्सार कार्यालयमा बुझाएको छ । |