Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

भगोडाखाली भई कैद सजाय तोकिएका तत्कालीन सशस्त्र प्रहरी नायव निरीक्षक सिलवाल एपीएफ टोलीद्वारा पक्राउ काठमाडौं, करीव १० वर्ष अघि तालिमको लागि सशस्त्र प्रहरी बलबाट विदेश गएको बेला उतैबाट भागेर कार्यालयको कुनै सम्पर्कमा नआई भगोडाखाली भएका तत्कालीन सशस्त्र प्रहरी नायव निरीक्षक उमेश सिलवाललाई सशस्त्र प्रहरी बल, नेपालले पक्राउ गरेको छ । निज सिलवाल भगोडा भएको पुष्टि गर्दै सशस्त्र प्रहरी बिशेष अदालतबाट गत वर्ष २०७५ साल भदौ ३१ गते निज सिलवाललाई तीन वर्ष कैद सजायको पैmसला भएको थियो । कैद सजायको पैmसलापछि लुकिछिपि बसेका निज सिलवाललाई एपीएफ टोलीले पक्राउ गरेको हो । उनलाई आईतबार महान्यायाधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानुनी प्रकृया पुरा गरी डिल्ली बजार कारागार सदरखोरमा बुझाईएको छ । ललितपुरको गोदावरी नगरपालिका ३ घर भएका तत्कालीन सशस्त्र प्रहरी नायव निरीक्षक सिलवाल अमेरिकामा संचालन भएको ‘भिआईपी प्रोटेक्सन ट्रेनिङ’मा गएको बेला तालिम सकाएपछि उतैबाट भागेर कार्यालयको कुनै सम्पर्कमा नआई भगोडा खाली भएका थिए । उक्त तालिम झण्डै १० वर्ष अघि २०६७ साल फागुन ३० गतेदेखि चैत्र १८ गतेसम्म संचालन भएको थियो । उक्त तालिम समापन भएको पर्सी पल्ट नेपाल फर्कने क्रममा अमेरिकास्थित एयरपोर्टबाटै वि.सं. २०६७ साल चैत्र २० गते निज सिलवाल कोही कसैलाई कुनै जानकारी नगराई भागेका थिए । सशस्त्र प्रहरी विशेष अदालतबाट निजले सशस्त्र प्रहरी बलको सेवा छाडी भागेको पुष्टि गर्दै निजलाई सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७ (४) को खण्ड (ज) बमोजिम उल्लेखित अवधि कैद सजायको फैसला भएको थियो । त्यसयता पनि फरार रहेका निज सिलवाललाई एपीएफ टोलीले ललितपुर जिल्लाको लगनखेलबाट पक्राउ गरेको हो ।
/uploads/news/no-image-new.jpg
भगोडाखाली भई कैद सजाय तोकिएका तत्कालीन सशस्त्र प्रहरी नायव निरीक्षक सिलवाल एपीएफ टोलीद्वारा पक्राउ
काठमाडौं, करीव १० वर्ष अघि तालिमको लागि सशस्त्र प्रहरी बलबाट विदेश गएको बेला उतैबाट भागेर कार्यालयको कुनै सम्पर्कमा नआई भगोडाखाली भएका तत्कालीन सशस्त्र प्रहरी नायव निरीक्षक उमेश सिलवाललाई सशस्त्र प्रहरी बल, नेपालले पक्राउ गरेको छ । निज सिलवाल भगोडा भएको पुष्टि गर्दै सशस्त्र प्रहरी बिशेष अदालतबाट गत वर्ष २०७५ साल भदौ ३१ गते निज सिलवाललाई तीन वर्ष कैद सजायको पैmसला भएको थियो । कैद सजायको पैmसलापछि लुकिछिपि बसेका निज सिलवाललाई एपीएफ टोलीले पक्राउ गरेको हो । उनलाई आईतबार महान्यायाधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानुनी प्रकृया पुरा गरी डिल्ली बजार कारागार सदरखोरमा बुझाईएको छ । ललितपुरको गोदावरी नगरपालिका ३ घर भएका तत्कालीन सशस्त्र प्रहरी नायव निरीक्षक सिलवाल अमेरिकामा संचालन भएको ‘भिआईपी प्रोटेक्सन ट्रेनिङ’मा गएको बेला तालिम सकाएपछि उतैबाट भागेर कार्यालयको कुनै सम्पर्कमा नआई भगोडा खाली भएका थिए । उक्त तालिम झण्डै १० वर्ष अघि २०६७ साल फागुन ३० गतेदेखि चैत्र १८ गतेसम्म संचालन भएको थियो । उक्त तालिम समापन भएको पर्सी पल्ट नेपाल फर्कने क्रममा अमेरिकास्थित एयरपोर्टबाटै वि.सं. २०६७ साल चैत्र २० गते निज सिलवाल कोही कसैलाई कुनै जानकारी नगराई भागेका थिए । सशस्त्र प्रहरी विशेष अदालतबाट निजले सशस्त्र प्रहरी बलको सेवा छाडी भागेको पुष्टि गर्दै निजलाई सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७ (४) को खण्ड (ज) बमोजिम उल्लेखित अवधि कैद सजायको फैसला भएको थियो । त्यसयता पनि फरार रहेका निज सिलवाललाई एपीएफ टोलीले ललितपुर जिल्लाको लगनखेलबाट पक्राउ गरेको हो ।