Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ स्थित उर्लैयाबाट मंसीर १७ गते एपीएफ टोलीले करीव चार लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको साउण्ड सिस्टम बरामद गरेको छ । भारतबाट अवैध रुपले रथमा राखेर ल्याउँदै गरेको उक्त साउण्ड सिस्टम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद साउण्ड सिस्टम तथा रथ भन्सार कार्यालय मलंगवामा बुझाएको छ । उक्त रथको भन्सार दाखिला मुल्य तीन लाख रुपैयाँ रहेको छ । यसैगरी झापा जिल्लाको हल्दीवारी गाउँपालिका ४ स्थित कञ्चनश्रीबाट मंसीर १६ गते एपीएफ टोलीले चोरीपैठारीको सामान बरामद गरेको हो । मे ४ प ७९४ नम्वरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । उक्त सामानको भन्सार दाखिला मुल्य दुई लाख २८ हजार दुई सय ७१ रुपैयाँ रहेको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले मंसीर १६ गते करीव एक लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स तथा ईलेक्ट्रोनिक सामान एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित जोरसिमलबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ स्थित उर्लैयाबाट मंसीर १७ गते एपीएफ टोलीले करीव चार लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको साउण्ड सिस्टम बरामद गरेको छ । भारतबाट अवैध रुपले रथमा राखेर ल्याउँदै गरेको उक्त साउण्ड सिस्टम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद साउण्ड सिस्टम तथा रथ भन्सार कार्यालय मलंगवामा बुझाएको छ । उक्त रथको भन्सार दाखिला मुल्य तीन लाख रुपैयाँ रहेको छ । यसैगरी झापा जिल्लाको हल्दीवारी गाउँपालिका ४ स्थित कञ्चनश्रीबाट मंसीर १६ गते एपीएफ टोलीले चोरीपैठारीको सामान बरामद गरेको हो । मे ४ प ७९४ नम्वरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । उक्त सामानको भन्सार दाखिला मुल्य दुई लाख २८ हजार दुई सय ७१ रुपैयाँ रहेको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले मंसीर १६ गते करीव एक लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स तथा ईलेक्ट्रोनिक सामान एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित जोरसिमलबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।