Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ स्थित सन्तगंजबाट मंसीर १५ गते एपीएफ टोलीले करीव तीन लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कबहीगोठबाट खटिएको एपीएफ टोलीेले बरामद गरेको हो । त्यसबेला सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान छाडि भागि फरार भएका थिए । यसैगरि रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित बडहराबाट मंसीर १६ गते एपीएफ टोलीले करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । गौरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ३ ख ५०३४ नम्वरको यात्रुवाहक बसबाट उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १६ गते सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट करीव एक लाख ३६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ८९०९ नम्वरको यात्रुवाहक बसमा एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लत्ताकपडाको बिल नभेटिएपछि बरामद गरिएको हो । बरामद लत्ताकपडा सेतुबन्धु मुल भन्सार कार्यालय कोशी व्यारेज सुनसरीमा बुझार्ईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ स्थित सन्तगंजबाट मंसीर १५ गते एपीएफ टोलीले करीव तीन लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कबहीगोठबाट खटिएको एपीएफ टोलीेले बरामद गरेको हो । त्यसबेला सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान छाडि भागि फरार भएका थिए । यसैगरि रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित बडहराबाट मंसीर १६ गते एपीएफ टोलीले करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । गौरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ३ ख ५०३४ नम्वरको यात्रुवाहक बसबाट उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १६ गते सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट करीव एक लाख ३६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ८९०९ नम्वरको यात्रुवाहक बसमा एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लत्ताकपडाको बिल नभेटिएपछि बरामद गरिएको हो । बरामद लत्ताकपडा सेतुबन्धु मुल भन्सार कार्यालय कोशी व्यारेज सुनसरीमा बुझार्ईएको छ ।