सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद |
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट मंसीर १३ गते एपीएफ टोलीले करीव एक लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा तथा ईलेक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । |