Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा ‘लैङ्गिक मूल्यांकन तथा लैंङ्गिक उत्तरदायी बजेट’ सम्बन्धि कार्याशाला गोष्ठिको आयोजना काठमाडौं, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंसीर ९ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा ‘लैंङ्गिक मूल्यांकन तथा लैंङ्गिक उत्तरदायी बजेट’ सम्बन्धि कार्याशाला गोष्ठि आयोजना गरिएको छ । सशस्त्र प्रहरी बल, नेपालले यूएनडिपी संगको सहकार्यमा आयोजना गरेको सो गोष्ठिको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल र यूएनडिपीका आवासीय प्रतिनिधि सुश्री आईसानी लावेले पानशमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले त्यसअवसरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानले समाजमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपाल विभिन्न निकायहरुसँग सहकार्य गर्दै यस्ता खालका हिंसा न्यूनिकरणमा निरन्तर सकृय रहेको उल्लेख गर्नुभयो । यूएनडिपीका आवासीय प्रतिनिधि लावेले लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको महत्वबारे प्रकाश पार्नुहुँदै महिला तथा वालवालिकाहरुको सुरक्षा तथा लैंङ्गिक हिंसा न्यूनिकरणमा सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उक्त कार्यक्रममा यूएनडिपीका विन्दा मगर र निग्मा ताम्राकारले लैंङ्गिक समानता र लैंङ्गिक उत्तरदायी बजेट विषयमा प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बल, नेपालले लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत मंसीर १० गते एपीएफ स्कूल कीर्तिपुर, मंसीर १२ र १३ गते सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ता बाँके, मंसीर १५ र १६ गते हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरा, मंसीर १८ र १९ गते सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासी तथा मंसीर २३ र २४ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीमा विविध विषयमा जनचेतना मूलक कक्षा संचालन तथा लैङ्गिक हिंसा विरुद्ध अनुशिक्षण कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको छ ।
/uploads/news/l6+on8FP0ejp9TJJDJyhuw==.jpg
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा ‘लैङ्गिक मूल्यांकन तथा लैंङ्गिक उत्तरदायी बजेट’ सम्बन्धि कार्याशाला गोष्ठिको आयोजना
काठमाडौं, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंसीर ९ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा ‘लैंङ्गिक मूल्यांकन तथा लैंङ्गिक उत्तरदायी बजेट’ सम्बन्धि कार्याशाला गोष्ठि आयोजना गरिएको छ । सशस्त्र प्रहरी बल, नेपालले यूएनडिपी संगको सहकार्यमा आयोजना गरेको सो गोष्ठिको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल र यूएनडिपीका आवासीय प्रतिनिधि सुश्री आईसानी लावेले पानशमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले त्यसअवसरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानले समाजमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपाल विभिन्न निकायहरुसँग सहकार्य गर्दै यस्ता खालका हिंसा न्यूनिकरणमा निरन्तर सकृय रहेको उल्लेख गर्नुभयो । यूएनडिपीका आवासीय प्रतिनिधि लावेले लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको महत्वबारे प्रकाश पार्नुहुँदै महिला तथा वालवालिकाहरुको सुरक्षा तथा लैंङ्गिक हिंसा न्यूनिकरणमा सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उक्त कार्यक्रममा यूएनडिपीका विन्दा मगर र निग्मा ताम्राकारले लैंङ्गिक समानता र लैंङ्गिक उत्तरदायी बजेट विषयमा प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बल, नेपालले लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत मंसीर १० गते एपीएफ स्कूल कीर्तिपुर, मंसीर १२ र १३ गते सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ता बाँके, मंसीर १५ र १६ गते हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरा, मंसीर १८ र १९ गते सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासी तथा मंसीर २३ र २४ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीमा विविध विषयमा जनचेतना मूलक कक्षा संचालन तथा लैङ्गिक हिंसा विरुद्ध अनुशिक्षण कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको छ ।