Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपौठारीको सामान बरामदकाठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास ईलाकाबाट मंसीर ३ गते एपीएफ टोलीले करीव दुई लाख ६६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको हार्डवयरका सामान तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । यसैगरी धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट मंसीर ३ गते एपीएफ टोलीले करीव पाँच लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान जनकपुर भन्सार कार्यालय धनुषामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पशुपति नगरबाट मंसीर ३ गते एपीएफ टोलीले करीव एक लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका उक्त सामान सशस्त्र प्रहरी निरीक्षक पवन खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित हिलेबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपौठारीको सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास ईलाकाबाट मंसीर ३ गते एपीएफ टोलीले करीव दुई लाख ६६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको हार्डवयरका सामान तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । यसैगरी धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट मंसीर ३ गते एपीएफ टोलीले करीव पाँच लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान जनकपुर भन्सार कार्यालय धनुषामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पशुपति नगरबाट मंसीर ३ गते एपीएफ टोलीले करीव एक लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका उक्त सामान सशस्त्र प्रहरी निरीक्षक पवन खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित हिलेबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाएको छ ।