Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा अवैध सामान बरामदकाठमाडौं, रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ७ स्थित डुमरियाबाट मंसीर २ गते एपीएफ टोलीले करिव आठ लाख ५० हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ । ना २ ख ६३०४ नम्वरको ट्रकमा अवैध रुपमा लोड गरि राखेको अवस्थामा उल्लेखित रुपैयाँ बराबरको ८५ क्विन्टल प्याज सशस्त्र प्रहरी बल, नेपाल नम्वर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसबेला एपीएफ टोलीले उक्त प्याज लोड गरि राखेको ट्रक समेत बरामद गरेको छ । उक्त ट्रकको भन्सार मुल्य २५ लाख रुपैयाँ रहेको छ । एपीएफ टोलीले बरामद प्याज तथा ट्रक स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १ गते करिव पाँच लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७१२० नम्वरको यात्रुवाहक बसमा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा मोवाईल सेट एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्कको तीनकुनेबाट बरामद गरेको हो । बरामद सामान सेतुबन्धु भन्सार कार्यालय हरिपुर सुनसरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा अवैध सामान बरामद
काठमाडौं, रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ७ स्थित डुमरियाबाट मंसीर २ गते एपीएफ टोलीले करिव आठ लाख ५० हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ । ना २ ख ६३०४ नम्वरको ट्रकमा अवैध रुपमा लोड गरि राखेको अवस्थामा उल्लेखित रुपैयाँ बराबरको ८५ क्विन्टल प्याज सशस्त्र प्रहरी बल, नेपाल नम्वर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसबेला एपीएफ टोलीले उक्त प्याज लोड गरि राखेको ट्रक समेत बरामद गरेको छ । उक्त ट्रकको भन्सार मुल्य २५ लाख रुपैयाँ रहेको छ । एपीएफ टोलीले बरामद प्याज तथा ट्रक स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १ गते करिव पाँच लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७१२० नम्वरको यात्रुवाहक बसमा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा मोवाईल सेट एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्कको तीनकुनेबाट बरामद गरेको हो । बरामद सामान सेतुबन्धु भन्सार कार्यालय हरिपुर सुनसरीमा बुझाईएको छ ।