Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित धाईजनबाट कार्तिक २५ गते एपीएफ टोलीले करीव तीन लाख २७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सोही जिल्लाकै कचनकवल गाउँपालिका २ स्थित बगानबाट एपीएफ टोलीले कार्तिक २६ गते करीव एक लाख ४५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सेतो मटर बरामद गरेको छ । नेपालबाट अवैध रुपले सात वटा साईकलमा राखी भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको दुई हजार तीन सय ७५ के.जी. सेतो मटर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले कार्तिक २६ गते करीव दुई लाख १० जार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र भाडावर्तन बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट बरामद गरिएको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित धाईजनबाट कार्तिक २५ गते एपीएफ टोलीले करीव तीन लाख २७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सोही जिल्लाकै कचनकवल गाउँपालिका २ स्थित बगानबाट एपीएफ टोलीले कार्तिक २६ गते करीव एक लाख ४५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सेतो मटर बरामद गरेको छ । नेपालबाट अवैध रुपले सात वटा साईकलमा राखी भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको दुई हजार तीन सय ७५ के.जी. सेतो मटर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले कार्तिक २६ गते करीव दुई लाख १० जार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र भाडावर्तन बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट बरामद गरिएको हो ।