Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गुल्मपति तथा स्टाफ तालिम समापन काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २२ गुल्मपति तथा स्टाफ तालिमको कार्तिक २५ गते सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै तालिमका प्रशिक्षकहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा व्यावसायीक प्रशिक्षणले कार्यक्षेत्रमा सहजता पु¥याउने तथा जिम्मेवारी निर्वाहप्रति हौषला मिल्ने बताउनुहुँदै तालिममा सिकेको ज्ञानले कार्यक्षेत्रमा सफलता प्राप्त गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो । छोटो समयमै विवेक र जनशक्ति परिचालनमा यस्ता व्यावसायीक तालिमले सघाउ पु¥याउने उल्लेख गर्नुहुँदै उहाँले मातहत सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउँदै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम अधिकृत उत्पादनमा यस्ता व्यावसायीक तालिम अपरिहार्य गरेको बताउनुभयो । व्यक्तिगत जीवन र आफ्ना स्वार्थ भन्दा माथि उठेर सांगठानिक जिम्मेवारी पूरा गर्न सधै कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा सधै सकारात्मक सोचका साथ आम नागरिकप्रति सशस्त्र प्रहरीले दिनुपर्ने सेवा प्रवाहमा सकृय रहनुपर्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुले अनुशासित एवं ईमान्दार ढंगले जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने उल्लेख गर्नुहुँदै कार्यक्षेत्रका चुनौतीहरुलाई परास्त गर्दै परिणाममुखी कार्यसम्पादनमा सकृय रहिरहनु पर्ने चर्चा गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले जिम्मेवारी निर्वाहका क्रममा भोग्नु परेका समस्याहरुबाट समेत सिक्दै तथा कमी कमजोरीहरुलाई मनन् गर्दै संगठनले सोचे अनुरुपको परिणाम हासिल गर्न सधै दत्तचित्त रहन निर्देशन दिनुभयो । गत साउन १५ गतेबाट संचालन भएको उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक एक जना तथा सशस्त्र प्रहरी निरीक्षक ३४ जना गरी कुल ३५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । उक्त तालिममा सशस्त्र प्रहरी निरीक्षक शम्भुबिक्रम शाह सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक संजय अधिकारी उत्कृष्ट ठहरिएका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/us9wzDpMzWigy2V5No4ynA==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गुल्मपति तथा स्टाफ तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २२ गुल्मपति तथा स्टाफ तालिमको कार्तिक २५ गते सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै तालिमका प्रशिक्षकहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा व्यावसायीक प्रशिक्षणले कार्यक्षेत्रमा सहजता पु¥याउने तथा जिम्मेवारी निर्वाहप्रति हौषला मिल्ने बताउनुहुँदै तालिममा सिकेको ज्ञानले कार्यक्षेत्रमा सफलता प्राप्त गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो । छोटो समयमै विवेक र जनशक्ति परिचालनमा यस्ता व्यावसायीक तालिमले सघाउ पु¥याउने उल्लेख गर्नुहुँदै उहाँले मातहत सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउँदै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम अधिकृत उत्पादनमा यस्ता व्यावसायीक तालिम अपरिहार्य गरेको बताउनुभयो । व्यक्तिगत जीवन र आफ्ना स्वार्थ भन्दा माथि उठेर सांगठानिक जिम्मेवारी पूरा गर्न सधै कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा सधै सकारात्मक सोचका साथ आम नागरिकप्रति सशस्त्र प्रहरीले दिनुपर्ने सेवा प्रवाहमा सकृय रहनुपर्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुले अनुशासित एवं ईमान्दार ढंगले जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने उल्लेख गर्नुहुँदै कार्यक्षेत्रका चुनौतीहरुलाई परास्त गर्दै परिणाममुखी कार्यसम्पादनमा सकृय रहिरहनु पर्ने चर्चा गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले जिम्मेवारी निर्वाहका क्रममा भोग्नु परेका समस्याहरुबाट समेत सिक्दै तथा कमी कमजोरीहरुलाई मनन् गर्दै संगठनले सोचे अनुरुपको परिणाम हासिल गर्न सधै दत्तचित्त रहन निर्देशन दिनुभयो । गत साउन १५ गतेबाट संचालन भएको उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक एक जना तथा सशस्त्र प्रहरी निरीक्षक ३४ जना गरी कुल ३५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । उक्त तालिममा सशस्त्र प्रहरी निरीक्षक शम्भुबिक्रम शाह सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक संजय अधिकारी उत्कृष्ट ठहरिएका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।