सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Shailendra Khanal Inspector General, Armed Police Force, Nepal
Suraj Kumar Shrestha DIG Armed Police Force, Nepal +977 - 9851272007 surajshrestha@apf.gov.np
सुरुङमा फसेका मध्ये दुई जनाको शब एपीएफ टोलीले निकाल्यो |
बझाङ, बझाङ जिल्लाको बुङ्गल नगरपालिका १ दारिमगार्डमा कालङ्गा हाईड्रो पावरको निर्माणाधिन सुरुङभित्र फसेर मृत्यु भएका दुई जनाको शब सुरुङबाट बाहिर निकालिएको छ । एपीएफ टोली र सोही हाईड्रो पावरका दुई जना कर्मचारीले सोमबार अपरान्ह करीब ५ बजे उक्त शब सो निर्माणाधिन सुरुङबाट बाहिर निकालेको हो । मृत्यु हुनेहरुमा अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका ६ बस्ने २४ बर्षिय महेन्द्र साउद र दैलेख जिल्लाको गुराँस नगरपालिका ३ बस्ने ३२ बर्षिय करन शाही छन् । उनीहरुसहितका ४ जना व्यक्तिहरु हिजो दिउँसो सुरुङ निर्माणमा प्रयोग भएको एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टरसहित निर्माणाधिन उक्त सुरुङभित्र काम गर्ने क्रममा फसेका थिए । उक्त सुरुङमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष टोली आवश्यक उद्धार सामाग्रीसहित आज समिट एयरको हेलिकप्टरद्वारा त्यसठाउँमा उद्धार कार्यको लागि खटिई गएको थियो । |