Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद काठमाडौं, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका १ स्थित चौलियाबाट असोज २६ गते एपीएफ टोलीले करीब एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बी आर ३० ए ९१८८ नम्बरको भारतीय मोटरसाइकलमा राखेर अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलबारीबाट खटिएको एपीएफ टोलीले कैलाली जिल्लाको कैलारी गाँउपालिका ५ स्थित बलियाघाट ईलाकाबाट असोज २७ गते करीब एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरिएको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट असोज २७ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीब एक लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको किराना सामान, मोबाईल सेट, कस्मेटिक सामान तथा फलफूल बरामद गरिएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका १ स्थित चौलियाबाट असोज २६ गते एपीएफ टोलीले करीब एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बी आर ३० ए ९१८८ नम्बरको भारतीय मोटरसाइकलमा राखेर अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलबारीबाट खटिएको एपीएफ टोलीले कैलाली जिल्लाको कैलारी गाँउपालिका ५ स्थित बलियाघाट ईलाकाबाट असोज २७ गते करीब एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरिएको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट असोज २७ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीब एक लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको किराना सामान, मोबाईल सेट, कस्मेटिक सामान तथा फलफूल बरामद गरिएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।