Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा देउसीभैली कार्यक्रम

काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले मंगलबार देउसी भैली कार्यक्रमको आयोजना गरेको छ । नेपालीको महान पर्व दिपावलीको पुनित अवसरमा लोक संस्कृतीलाई जगेर्ना गर्ने अभिप्रायले सो संघले उक्त कार्यक्रमको आयोजना गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लवमा आयोजित सो कार्यक्रममा संघका पदाधिकारी तथा कलाकारहरुले देउसी भैली कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा सो संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगाएत संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो । सो अवसरमा संघकी सदस्य सचिव श्रीमती सरस्वती पाण्डेले मन्तव्य व्यक्त गर्नुहुँदै सो संघले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरुमा योगदान पु¥याउनुकासाथै सेवामूलक एवं जनचेतनामूलक कार्यक्रमहरु संचालन, विपद् प्रकोपमा पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क आवाशीय सुविधासहितको अध्ययनको व्यवस्था, निःशुल्क स्वास्थ्य शिविर संचालन, रक्तदान कार्यक्रमको आयोजना लगाएतका सामाजिक कार्यहरु गर्दै आईरहेको बताउनुभयो । उहाँले संघले अगामी दिनहरुमा समेत ंसमाजसेवाको क्षेत्रमा रचनात्मक कार्य तथा सेवामुखी एवं जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिने लगायत वीरगति प्राप्त तथा वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुका सन्नतीलाई छात्रवृत्ति प्रदान गर्ने, उनीहरुका परिवारलाई सीपमूलक तालिम संचालन गर्ने लगायतका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा समेत उल्लेख गर्नुभयो । सो संघले आयोजना गरेको उक्त देउसी भैली कार्यक्रममा उठेको रकम विपन्न परिवारका बालबालिकाहरुको शिक्षा दिक्षामा खर्च गरिने कुरा सो अवसरमा जानकारी गराइएको थियो ।

/uploads/news/image...JPG