Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना व्यक्तकाठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाँड विजया दशमी, दिपावली तथा छठपर्वको पुनित अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्नुभएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज १६ गते सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनुहुँदै सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालको शुभकामना सन्देशलाई सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभर सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा प्रत्यक्ष प्रसारण गरिएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा नजिकिदै आएको चाडपर्वको समयमा हुन सक्ने विभिन्न अपराधिका कृयाकलापहरुलाई मध्यनजर राख्दै आ–आफ्नो जिम्मेवारी ईलाकामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशन समेत दिनुभयो । उहाँले राष्ट्र र जनताको सेवा र सुरक्षामा प्राणोत्सर्ग गर्ने अमर सशस्त्र प्रहरीको त्यागको स्मरण गर्नुुहुँदै उहाँहरुको योगदानले नै सशस्त्र प्रहरी बल, नेपाल आज यो स्थानसम्म आई पुगेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले व्यक्तिगत स्वार्थ भन्दा पनि देश र जनताको सेवा र सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो भन्नुहुँदै जनताले हर्षोल्लासकासाथ चाडपर्व मनाउने वातावरणको सिर्जना गर्दै थप सजकताकासाथ परिचालन हुन निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले चाडपर्वको बेला स्वदेश तथा विदेशबाट आउने नागरिकको सहयोगका लागि देशका विभिन्न भागहरुमा सहायता कक्ष स्थापना गरि सेवा प्रदान गरिएको कुरा समेत बताउनुभयो । उहाँले राष्ट्र र संगठनले मलाई के दियो भन्दा पनि मैले राष्ट्र र संगठनलाई के दिन सक्छु भन्ने भावनकासाथ अगाडी बढ्नुपर्ने बताउनुहुँदै देश र जनताको सेवा, सुरक्षा तथा आपतविपद्मा उद्वार कार्यमा कटिबद्ध भई लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
/uploads/news//Wvt5d5pHQFWSLlD0fvz0g==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना व्यक्त
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाँड विजया दशमी, दिपावली तथा छठपर्वको पुनित अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्नुभएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज १६ गते सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनुहुँदै सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालको शुभकामना सन्देशलाई सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभर सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा प्रत्यक्ष प्रसारण गरिएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा नजिकिदै आएको चाडपर्वको समयमा हुन सक्ने विभिन्न अपराधिका कृयाकलापहरुलाई मध्यनजर राख्दै आ–आफ्नो जिम्मेवारी ईलाकामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशन समेत दिनुभयो । उहाँले राष्ट्र र जनताको सेवा र सुरक्षामा प्राणोत्सर्ग गर्ने अमर सशस्त्र प्रहरीको त्यागको स्मरण गर्नुुहुँदै उहाँहरुको योगदानले नै सशस्त्र प्रहरी बल, नेपाल आज यो स्थानसम्म आई पुगेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले व्यक्तिगत स्वार्थ भन्दा पनि देश र जनताको सेवा र सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो भन्नुहुँदै जनताले हर्षोल्लासकासाथ चाडपर्व मनाउने वातावरणको सिर्जना गर्दै थप सजकताकासाथ परिचालन हुन निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले चाडपर्वको बेला स्वदेश तथा विदेशबाट आउने नागरिकको सहयोगका लागि देशका विभिन्न भागहरुमा सहायता कक्ष स्थापना गरि सेवा प्रदान गरिएको कुरा समेत बताउनुभयो । उहाँले राष्ट्र र संगठनले मलाई के दियो भन्दा पनि मैले राष्ट्र र संगठनलाई के दिन सक्छु भन्ने भावनकासाथ अगाडी बढ्नुपर्ने बताउनुहुँदै देश र जनताको सेवा, सुरक्षा तथा आपतविपद्मा उद्वार कार्यमा कटिबद्ध भई लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।