Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा साढे १८ के.जी चाँदीसहित एक जना पक्राउ धनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २२ बाट असोज १० गते एपीएफ टोलीले साढे १८ के.जी.चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको पिपरा गाँउपालिका ५ बस्ने ३० बर्षिय भरतकुमार साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त चाँदीसहित पक्राउ गरेको हो । ज ७ प ५७७१ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका निज साहलाई शंका लागि जाँच गर्दा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद चाँदी र मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ भने पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ । बरामद चाँदी र मोटरसाइकलको भन्सार दाखिला मूल्य १४ लाख २९ हजार ८ सय ९६ रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा साढे १८ के.जी चाँदीसहित एक जना पक्राउ
धनुषा, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २२ बाट असोज १० गते एपीएफ टोलीले साढे १८ के.जी.चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको पिपरा गाँउपालिका ५ बस्ने ३० बर्षिय भरतकुमार साह छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त चाँदीसहित पक्राउ गरेको हो । ज ७ प ५७७१ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका निज साहलाई शंका लागि जाँच गर्दा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद चाँदी र मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ भने पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ । बरामद चाँदी र मोटरसाइकलको भन्सार दाखिला मूल्य १४ लाख २९ हजार ८ सय ९६ रुपैयाँ रहेको छ ।