Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामदकाठमाडौं, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित चौकीसत्ता ईलाकाबाट असोज ९ गते एपीएफ टोलीले करीव चार लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालपतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५६ गुल्म हेक्वा गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा एपीएफ टोलीले अ ावश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले असोज ९ गते चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । से १ प ५११८ नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ स्थित भन्सार रोड ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको छ । बरामद लत्ताकपडा तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख ६ सय रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
काठमाडौं, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित चौकीसत्ता ईलाकाबाट असोज ९ गते एपीएफ टोलीले करीव चार लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालपतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५६ गुल्म हेक्वा गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा एपीएफ टोलीले अ ावश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले असोज ९ गते चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । से १ प ५११८ नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ स्थित भन्सार रोड ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको छ । बरामद लत्ताकपडा तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख ६ सय रुपैयाँ रहेको छ ।